समाचार

प्रधानमन्त्रीको स्वकीय सचिवमा जोशी

- कान्तिपुर संवाददाता , काठमाडौं

श्रावण १, २०७४-प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नोस्वकीय सचिवमा कानुन व्यवसायी केशवराज जोशीलाई विशिष्ट श्रेणी (सचिव सरह सेवा सुविधा पाउने गरी) नियुक्त गरेका छन् । जोशी यसअघि कांग्रेसको संसदीय दल हेर्नेगरि देउवाकै स्वकीय सचिव थिए । देउवाले दिनेश भट्टराईलाई परराष्ट्र सल्लाहकार र गोविन्द परियारलाई प्रेस संयोजक नियुक्त गरेका थिए । तर, प्रधानमन्त्रीलाई दैनिक कार्यसंचालनमा आवश्यक मानिने राजनीतिक र आर्थिक सल्लाहकार भने देउवाले अझै नियुक्त गरेका छैनन् । 

 

प्रकाशित: श्रावण १, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार