खेलकुद

नेपाली युथ ५ गोलले पराजित

- कान्तिपुर संवाददाता , काठमाडौं

श्रावण १, २०७४-नेपाल एएफसी यू–२३ च्याम्पियनसिप २०१८ छनोटको पहिलो खेलमा शनिबार आयोजक युनाइटेड अरब इमिरेट्स (यूएई) सँग ५–० ले पराजित भएको छ । 

अल आइनस्थित तहनोन बीन मोहमद रंगशालामा भएको समूह ‘डी’ को खेलमा नेपाल २२ मिनेटभित्रै ३ गोलले पछाडि परेको थियो । राष्ट्रिय टोलीबाट खेलिसकेका ९ खेलाडीसम्मिलित नेपालले मध्यान्तरपछि पाँचौं गोल खर्चिएको थियो । यस समूहमा अर्का दुई टोली उज्वेकिस्तान र लेबनान हुन् ।

प्रकाशित: श्रावण १, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार