खेलकुद

जापानी दूतावासले दियो स्की सामग्री

- कान्तिपुर संवाददाता , काठमाडौं

असार ३०, २०७४-जापानिज राजदूत माससी ओगावाले अन्तर्राष्ट्रिय मान्यताप्राप्त नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलाई स्की खेल सामग्री हस्तान्तरण गरेका छन् । बिहीबार दूतावासमा आयोजित कार्यक्रममा राजदूत ओगावाले २० लाखबराबरको खेल सामग्री हस्तान्तरण गरेका हुन् । सन् २०२० टोकियोमा हुने ओलम्पिक खेलकुदलक्षित गरी ‘स्पोर्ट्स फर टुमरो’ भन्ने अभियानका रूपमा जापानी दूतावासले स्की सामग्री उपलब्ध गराएको जनाइएको छ । सामग्रीमा १२ जोर स्की स्टिक, ६ जोर बुट, र ६ वटा ज्याकेट उपलब्ध गराएको छ । 

प्रकाशित: असार ३०, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार