विश्व

लन्डनका आगलागीपीडितले गरे प्रदर्शन

- एएफपी, लन्डन

असार ३०, २०७४- लन्डनको ग्रेनफेल टावरमा भएको आगलागीपीडितले बुधबार राति लन्डनमा प्रदर्शन गरेका छन् ।

आगलागीबारे भइरहेको अनुसन्धानप्रति असन्तुष्टि जनाउँदै उनीहरूले प्रदर्शन गरेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

उनीहरूले ग्रेनफेल टावरबाट शोक झल्काउने गरी मैनबत्ती, मृतकको तस्बिर, फूल र उनीहरूको सम्झनामा हस्तलिखित प्लेकार्डसमेत प्रदर्शन गरेका थिए । 

प्रकाशित: असार ३०, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार