प्रवास

योगेश भट्टराई कतारमा

- कान्तिपुर संवाददाता , दोहा

असार २९, २०७४-नेकपा एमालेका प्रचार बिभाग प्रमुख योगेश भट्टराई कतार आइपुगेका छन् । वेलायतस्थित एमालेनिकट प्रवासी नेपाली मञ्चको अधिवेसन सकेर उनी कतार आइपुगेका हुन् । 

कतारमा रहेको मञ्चका नवनिर्वाचित अध्यक्ष चानक पोखरेलका अनुसार भट्टराईले प्रशिक्षण दिनेछन् । उनले कतारविरुद्ध लगाएको नाकावन्दीको विपक्षमा हस्ताक्षर गरेका छन् । ‘नाकावन्दी जसका विरुद्ध भएपनि त्यो मानवता विरुद्धको कावाही हो । हामी नेपालीले धेरै पटक भारतीय नाकावन्दीको सामना गरेका छौं’, उनले आफ्नो फेसवुक स्टाटसमा लेखेका छन्,‘अहिले कतारमाथि विभिन्न देशले एकासथ नाकावन्दी लगाएका छन् । यहाँ चार लाख नेपालीले काम गरिहेका छन् । यतिवेला कतारलाई सवैको साथ सहयोग र ऐक्वबद्धता चाहिएको छ ।’ 

 

प्रकाशित: असार २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार