प्रवास

कोरियामा एक नेपालीद्वारा आत्महत्या

- मञ्जु गुरुङ, सोल

असार २८, २०७४-दक्षिण कोरियाको जेजु टामुमा ईपीएसबाट आएका एक नेपाली युवाले आत्महत्या गरेका छन् । घोडाको तबेलामा कार्यरत स्याङ्जा वालिङका रामचन्द्र पंगेनीले झुण्डिएर आत्महत्या गरेको दूतावासको स्रोतले जनाएको छ । मृतक पंगेनीलाई बुधबार बिहान झुण्डिएको अवस्थामा फेला पारिएको थियो ।

मृतक पंगेनी मे २३ तारिख कोरिया आएका थिए । 

घरमा उनको निधनबारे खबर पुगिसकेको छ । केही समययता कोरियामा आत्महत्या गर्ने नेपालीको संख्यामा बढोत्तरी भइरहेको छ ।

प्रकाशित: असार २८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार