भिडियो

जिप भेटियो, मान्छे फेला परेनन्

- माधव अर्याल, पाल्पा

असार २७, २०७४-जिल्लाको पूर्वी भेगस्थित अरुण खोलाले बगाएका एक बालकको १५ घण्टापछि उद्धार गरिएको छ । बाढीले बगाएर खोलाको बीच भागमा अलपत्र परेका उनको मंगलबार जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ । निस्दी गाउँपालिका–४ मित्याल गोठडाँडाका १० वर्षीय रजिन सुनारीलाई खोलाले बगाएको थियो । सोमबार दिउँसो पौडी खेल्न गएका सुनारीलाई एक्कासि पानीको वहाव बढेपछि खोलाले बगाएको स्थानीयले बताए । बगाएर २ सय मिटर पर लगेपछि उनी खोलाको बीच भागमा रहेको ढुंगाको सानो थुप्रोमा अडिएकाले उद्धार गर्न सहज भएको प्रहरीले जनाएको छ । जिप भेटियो, मान्छे फेला परेनन् तिनाउ खोलाको बाढीले चार यात्रुसहित बगाएको जिप सोमबार फेला परेको छ । यात्रु भने भेटिएका छैनन् । तानसेन–९ र माथागढी–३ जोड्ने कल्भर्टबाट आइतबार राति बगाएको लु१ज १२१७ नम्बरको जिप घटनास्थलबाट करिब १५ मिटर पर हिलोमा गाडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । जिपसँगै हराएका चार यात्रु भने अझै बेपत्ता छन् ।

प्रकाशित: असार २७, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार