अर्थ / वाणिज्य

धान रोप्ने मेसिन परीक्षण

- कान्तिपुर संवाददाता , पर्सा

असार २७, २०७४-धान रोप्ने राइस ट्रान्सप्लान्टर मेसिनको यहाँ परीक्षण गरिएको छ । वीरगन्जस्थित कृषि औजार अनुसन्धान केन्द्रमा शनिबार र आइबार दुई दिन उक्त मेसिन परीक्षण गरिएको हो । 

३ जना बसेर चलाउन मिल्ने यो उपकरणको २ दिन लगाएर गरिएको कार्यक्षमता र नेपालमा सम्भाव्यता अध्ययनले परम्परागत विधिको खेतीभन्दा धेरै कम लागत र समयमा धानको रोपाइँ गर्न सक्ने नतिजा दिएको केन्द्रका निमित्त प्रमुख द्वारिका चौधरीले दाबी गरेका छन् । डिजेल इन्जिनमा एक चालक र २ जना धानको बीउ दिने सहयोगी बसेपछि उनीहरूले आफ्नो इच्छाअनुसार चाहेको खेतमा रोपाइँ गर्न सक्छन् । 

यो मेसिनले १ घण्टामा साढे सात कट्ठा खेतमा रोपाइँ गर्न सक्छ । मेसिनले रोपाइँ गरेको खेतमा गोडमेल, बाली काट्न, मलखाद छर्न पनि सहज हुन्छ । यो मेसिनले धान रोप्दा एक लाइनदेखि अर्को लाइनको दूरी २४ सेमि र गाँजदेखि गाँजको दूरी १४ देखि १६ सेमि हुन्छ । एउटा गाँजमा ५ देखि ८ वटासम्म बेर्ना रोप्न सकिन्छ । केन्द्रले ८ लाख रुपैयाँको लागतमा यो मेसिन खरिद गरेको हो । 

प्रकाशित: असार २७, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार