भिडियो

बाढीले वगाउँदा चार यात्रुसहित जीप बेपत्ता

- माधव अर्याल, पाल्पा

असार २६, २०७४- अविरल वर्षासंगै तिनाउखोलामा आएको बाढीले वगाएको चार यात्रु सहित जीप वगाएको छ । तानसेन नगरपालिका, ९ र माथागढी, ३ जोड्ने तिनाउ खोलाको कल्भर्टबाट सोमबार बिहान २ बजेतिर जीप बगाउँदा चार जना वेपत्ता भएका हुन् ।
 
विवाहको भोजमा गएर फर्किदै गरेको लु १ ज १२१७ नम्बरको जीप बगाउँदा सोही जीपका चालक शक्ति श्रेष्ठकी श्रीमती तानसेन, १ की उषा श्रेष्ठ, बगनासकाली, ३ का पदमबहादुर कंवर मगर तथा तानसेनस्थित जिल्ला वनका चालक तिलबहादुर गाहा र कृषि विकास कार्यालयमा कार्यरत श्रीमती माया गाहा बेपत्ता भएको प्रहरीले जनाएको छ । 

उनीहरु बिहे भोजमा माथागढी, २ रुप्सेमा गएर फर्कने क्रममा बाढीमा खोलामा फसेका हुन् । 

प्रकाशित: असार २६, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार