अर्थ / वाणिज्य

२५ हजार टन मल भित्रियो

- कान्तिपुर संवाददाता , पर्सा

असार २५, २०७४-साल्ट ट्रेडिङ कर्पोरेसनले जेठयता २५ हजार टन युरिया मल भित्र्याएको छ । कर्पोरेसन अञ्चल कार्यालय वीरगन्जका अनुसार वीरगन्ज कार्यालयले १० हजार, विराटनगर र भैरहवा अञ्चल कार्यालयले ७/७ हजार ५ सय टन मल भित्र्याएको हो । वीरगन्ज र विराटनगरको मल सिर्सिया सुक्खा बन्दरगाहमा आएको छ । भैरहवाको मल उतै अनलोड गरिएको कर्पोरेसन वीरगन्ज अञ्चल कार्यालय प्रमुख अमोज लामिछानेले बताए । विराटनगरमा रेल्वे समस्या भएकाले त्यहाँको मलयता आएको हो । भारतको कोलकाता बन्दरगाहबाट मल रेल्वे र्‍याकमा ल्याइएको हो । 

यहाँ ल्याइएको मलमध्ये थोरै मात्र सुक्खा बन्दरगाहमा रहेको र अधिकांश कर्पोरेसनको गोदाममा भण्डारण भएको लामिछानेले बताए । ग्लोबल टेन्डरबाट आयात गरिएको युरिया मल चीनमा उत्पादित हो । कम्पनीले यस सिजनमा आयात गरेको मल माग भएका जिल्लामा क्रमश: परिचालन भइरहेको उनले बताए । चालु आर्थिक वर्षका लागि कर्पोरेसनले कुल ८५ हजार टन मल आयातको कोटा पाएकोमा त्यसमध्ये ६० हजार टन युरिया, २२ हजार ५ सय डीएपी र २ हजार ५ सय पोटास मल रहेको छ । 

प्रकाशित: असार २५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार