अर्थ / वाणिज्य

गोर्खा ब्रुअरीका उत्पादनहरू बजारमा

- कान्तिपुर संवाददाता , काठमाडौं

असार १९, २०७४-गोर्खा ब्रुअरीले नेपालको पहिलो प्रिमियम स्ट्रोङ बियर, टुबोर्ग क्लासिक विथ स्कच माल्टस बजारमा भित्र्याएको छ । गोर्खा ब्रुअरीका व्यावसायिक साझेदार, आधिकारिक वितरक, थोक बिक्रेता, खुद्रा बिक्रेता साथै मिडियाका प्रतिनिधिहरू र सेलिब्रेटीहरूको उपस्थितिमा राजधानीमा एक कार्यक्रमको आयोजना गरी यी उत्पादनहरू सार्वजनिक गरेको कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार सन् १९९० मा गोर्खा ब्रुअरीले नेपाली बजारमा प्रस्तुत गरेको टुबोर्ग बियर नेपालमा भित्रने पहिलो अन्तर्राष्ट्रिय ब्रान्ड हो । नेपालको सबैभन्दा ठूलो बु्रअर गोर्खा ब्रुअरीले ल्याएको यो इनोभेसनले आफ्नो बजार नेतृत्वलाई थप बढावा र निरन्तरता दिनेछ भन्नेमा कम्पनी अत्यधिक आशावादी र विश्वस्त रहेको जनाएको छ । 

प्रकाशित: असार १९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार