अर्थ / वाणिज्य

थाइल्यान्डले पर्यटन प्रवर्द्धनमा सघाउने

- कान्तिपुर संवाददाता , पोखरा

असार १९, २०७४-नेपालको पर्यटन प्रवद्र्धनमा सघाउन थाइल्यान्ड तयार रहेको जनाइएको छ । थाइल्यान्डका राजदूत भकावत तान्सकुलले पोखरा उद्योग वाणिज्य संघको भेलामा उनले यस्तो बताएका हुन् । थाइल्यान्डमा बर्सेनि करिब ३ करोड ५० लाख पर्यटक भित्रने उनले जानकारी दिए । ‘हामीले गरेको पर्यटन व्यवस्थापनको अनुभव नेपालका लागि उपयोगी हन्छ,’ उनले भने, ‘हामी अनुभव साट्न तयार छौं ।’ नेपाली पर्यटन व्यवसायीले आवश्यकताअनुसार थाई पर्यटनकर्मीहरूसँग भेटघाट र छलफल गर्न सक्ने उनले बताए । 

प्रकाशित: असार १९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार