समाचार

दार्चुलामा दलित महिला सदस्य निर्विरोध

- मनोज बडू, दार्चुला

असार ५, २०७४-ब्यास गाउँपालिकामा एक जना महिला निर्विरोध निर्वाचित भएकी छन् । 

दोस्रो चरणको स्थानीय तह निर्वाचनको क्रममा आईतबार भएको मनोनयन दर्ता गर्ने क्रममा ब्यास गाउँपालिका ५ नम्वर वडाकी दलित महिला सदस्यमा कांग्रेसबाट माल्ती लोहारको एकल उम्मेदवारी परेको हुनाले निर्विरोध चयन भएकी छिन् । 

अन्य दलहरुबाट दलित महिला सदस्यमा अन्य दलको उम्मेदवारी नआएपछि लोहार निर्विरोध चयन भएकी ब्यास गाउँपालिकाका सहायक निर्वाचन अधिकृत गोविन्द केसीले जानकारी दिए । 

जिल्लाका ९ वटै स्थानीय तहमा स्वतन्त्रसहित एक हजार १८ जनाले विभिन्न पदहरुमा उम्मेदवारी दर्ता गराएका छन् ।

प्रकाशित: असार ५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार