समाचार

आरोही पण्डितको शव नेपाल पठाउने प्रक्रिया सुरु

- दिनेशजंग शाह, न्यूयाेर्क

असार ५, २०७४-हिमाल आरोहणको क्रममा गत शुक्रबार निधन भएका आरोही एवम ‘अल्ट्रा’ धावक सञ्जय पण्डितको शवलाई नेपाल पठाउने प्रक्रिया सुरु भएको छ । वासिङटन डिसीस्थित नेपाली दुतावासका अनुसार मंगलबार सम्म त्यसका लागि कागजी प्रक्रिया पूरा गरिनेछ । 

दुतावासका प्रवक्ता जीवनप्रकाश श्रेष्ठले कान्तिपुरसँग भने ‘ट्राभल्स डकुमेन्टका लागि दुतावासलाई अनुरोध आएको छ । पोष्टमार्टमको रिपोटलाई पर्खिरहेका छौं ।’

श्रेष्ठका अनुसार शवलाई हाल अलास्कास्थित टेक्नो टाउनमा राखिएको छ । अलास्का राज्यस्थित उत्तर अमेरिकाकै सबैभन्दा ठूलो हिमाल मानिने डेनालीको आरोहणको क्रममा पण्डितको निधन भएको थियो ।

बीस हजार तीन सय १० फिट उचाई रहेको हिमाल आरोहणको क्रममा हाई अल्टिच्युटका कारण पण्डितको निधन भएको बताईए पनि मौसममा आएको अचानक परिवर्तनले घटना घटेको हुनसक्ने आशंका गरिएको छ ।

प्रकाशित: असार ५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार