समाचार

खैरो हिरोइन कारोबारीलाई १२ वर्ष ३ महिना कैद

- प्रताप विष्ट, हेटौडा

असार ५, २०७४-लागू औषधको एक कारोबारी युवकलाई जिल्ला अदालत मकवानपुरले १२ वर्ष ३ महिना कैद गर्ने फैसला गरेको छ । अदालतलले उनलाई २ लाख ५ हजार रुपैयाँ जरिवाना पनि गरेको छ ।

जिल्ला न्यायाधीश दयाराम ढकालको सोमबार बसेको इजलासले वीरगन्ज घर भई हेटौंडामा बस्दै आएका  ३१ सुरज खड्कालाई खैरो हिरोइन कारोबार गरेको ठहर गर्दै उक्त फैसला गरेको हो । 

३३ ग्राम खैरोहिरोइनसहित खड्कालाई प्रहरीले ०७३ साल मंसिर १८ गते हेटौडा उपमहानगरपालिका रातोमाटेबाट पक्राउ गरेको थियो ।

 

प्रकाशित: असार ५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार