समाचार

राष्ट्रिय जनता पार्टीका २२ नेता रिहा

- नारायण शर्मा, नवलपरासी

असार ५, २०७४-निर्वाचन मनोनयन बिथोल्न सक्ने त्रासले दुई दिन अघि प्रहरीले नियन्त्रणमा लिएका राष्ट्रिय जनता पार्टी (राजपा) का २२ नेता कार्यकर्ता सोमबार रिहा भएका छन् । 

निर्वाचन मनोनयनको अघिल्लो दिन पक्राउ परेका राजपाका केन्द्रीय उपाध्यक्ष गोविन्द चौधरी, जिल्ला संयोकज पुरन चौधरीलगायतका नेता कार्यकर्ताहरुलाई सोमबार प्रहरीले सामान्य तारेखमा छाडेको हो । 

उनीलाई गत शनिबार र आइतबार जिल्लाका बिभिन्न स्थानवाट पक्राउ गरेर इलाका प्रहरी कार्यालय गैडाकोट र रजहरमा राखिएको थियो । आइतबार अनुसन्धान गर्न भन्दै एक साताको म्याद थपेको प्रहरीले सोमवार छोडेको हो ।

केन्द्रीय बिद्यार्थी फ्रन्टका केन्द्रीय सदस्य करम हुसेन अन्सारीले मंगलबार दिउँसो जिल्ला प्रहरी कार्यालयमा हाजिर गर्ने हुने गरी आफूलाई छाडिएको जानकारी दिए ।

उनीसहित ७ जनालाई प्रतापुरस्थित निर्वाचन कार्यालयमा आइतबार उम्मेदवारी मनोनयनका समयमा नाराबाजी गरेको भन्दै प्रहरीले पक्राउ गरेर इलाका प्रहरी कार्यालय गैंडाकोटमा राखेको थियो । 

नवलपरासीका एसपी राजेन्द्र चौधरीले पक्राउ गरिएकालाई छाडिएको जानकारी दिए ।

प्रकाशित: असार ५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार