खेलकुद

यू-१९ विश्वकप छनोटका लागि खेलाडी चयन

- कान्तिपुर संवाददाता, काठमाडौं

असार ५, २०७४-उन्नाइस वर्षमुनिको आइसिसी विश्वकप क्रिकेट छनोटअन्तर्गत सिङ्गापुरमा हुने खेलका लागि १८ सदस्यीय खेलाडीको टोली छनोट गरिएको छ । 

आइसिसी एसियाका चिफ डेभलपमेन्ट अफिसर वेनकटपथी राजु, नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटाका साथै उन्नाइस वर्षमुनिका राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक विनोद दास सम्मिलित टोलीले आज खेलाडीको छनोट गरेका हुन् । 

छनोट हुनेमा सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, आसिफ शेख, सन्दीप सुनार, ललित राजवंशी र पवन सर्राफ, अनिलकुमार साह, किशोर महतो तथा सुशान्त सिंह थापा छन् । 

त्यसैगरी, विक्रमकुमार भुसाल, प्रकाश केसी, सुन्दीप जोरा, राजन ढकाल, प्रनित थापा मगर, शाहव आलम, रसिद खान र आदिल खान छनोट भएका छन् ।

प्रकाशित: असार ५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार