प्रवास

मलेसियामा २ नेपाली युवाको मृत्यु

- कान्तिपुर संवाददाता , क्वालालम्पुर

असार ५, २०७४- मलेसियामा कार्यरत एक नेपालीको आइतबार राति सुतेकै अवस्थामा निधन भएको छ । वैदेशिक रोजगारीका क्रममा यहाँको एक कम्पनीमा कार्यरत महेन्द्रनगर-७ कञ्चनपुरका डबलबहादुर बोहराको सुतेकै अवस्थामा मृत्यु भएको उनका साथी ज्ञानेन्द्र बुंगलीले जानकारी दिएका छन् ।  

सुदूरपश्चिम सेवा समाज मलेसियाका केन्द्रीय सदस्यसमेत रहेका बोहराको आफ्नै ओछ्यानमा सुतेकै अवस्थामा मृत्यु भएको हो ।

त्यस्तै, पाखापानी-७ म्याग्दी घर भई मलेसियामा सुरक्षा गार्डमा कार्यरत ओमबहादुर पुनको आइतबार क्वालालम्पुरको पुडु भन्ने स्थानमा सवारी दुर्घटनामा परी मृत्यु भएको छ । पुनको घटनास्थलमै मृत्यु भएको अस्पताल स्रोतलाई उद्धृत गर्दै सहकर्मी अर्जुन सुनुवारले कान्तिपुरलाई जानकारी दिए । उनका अनुसार हाल मृतक पुनको शवलाई पोस्टमार्टमका लागि स्थानीय अस्पतालमा राखिएको छ । उनी विगत केही वर्षदेखि सुरक्षा गार्डको रुपमा कार्यरत थिए । 

प्रकाशित: असार ५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार