खेलकुद

खेलकुद अस्पतालको शिलान्यास

- कान्तिपुर संवाददाता , काठमाडौं

असार ५, २०७४-राष्ट्रिय खेलकुद परिषद्ले निर्माण गर्ने खेलकुद अस्पतालको आइतबार एक कार्यक्रमबीच शिलान्यास गरिएको छ ।

निवर्तमान युवा तथा खेलकुद मन्त्री दलजित विके श्रीपाली, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष लामा टेन्डी शेर्पा र राखेपका सदस्य सचिव केशवकुमार विष्टले अस्पतालको संयुक्त शिलान्यास गरे ।

गत जेठ २० गते श्रीपालीको अध्यक्षतामा बसेको राखेपको १ सय ८ औं बोर्ड बैठकले खेलकुद अस्पताल निर्माण गर्ने निर्णय गरेको थियो । त्रिपुरेश्वरस्थित राखेप हातामा रहेको लनटेनिसको पूर्वाधार रहेको छेउमा अस्पताल निर्माण गर्न लागिएको हो । तीन तलाको अस्पताल इमर्जेन्सीबाहेक १० शय्याको हुनेछ । करिब १४ करोड खर्च हुने अनुमान गरिएको अस्पतालका लागि आर्थिक वर्षमा पनि बजेटको व्यवस्था भइसकेको छ । तीन वर्षमा निर्माण पूरा गर्ने लक्ष्य रहेको छ ।

प्रकाशित: असार ५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार