समाचार

दाहाल र ओलीसँग चिनियाँ दूतले भेटिन्

- कान्तिपुर संवाददाता , काठमाडौं

असार ५, २०७४-नेपाल–चीन दुईपक्षीय कूटनीतिक संयन्त्रको बैठकको पूर्वसन्ध्यामा चिनियाँ राजदूत यु होङले आइतबार पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी नेता तथा पूर्वप्रधानमन्त्री केपी ओलीसँग छुट्टाछुट्टै भेटवार्ता गरेकी छन् ।

दुवै भेटमा नेपाल–चीन सम्बन्ध अघि बढाउन भएका सहमतिको कार्यान्वयन पक्षमा प्रोटोकल तयार गर्नेलगायत विषयमा छलफल भएको थियो ।

गत वर्ष भदौमै हुने भनिएको परराष्ट्र सचिवस्तरीय बैठक मंगलबार बस्ने तय भएको छ । बैठकका लागि चीनका तर्फबाट सहायक विदेशमन्त्री कोङ सोन्यु नेतृत्व टोली नेपाल आउनेछ ।

 

प्रकाशित: असार ५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार