खेलकुद

मकवानपुर एकेडेमी च्याम्पियन

- कान्तिपुर संवाददाता , काठमाडौं

असार ४, २०७४- मकवानपुर क्रिकेट एकेडेमी शनिबार पहिलो स्पोन्सर यू–१६ एकेडेमी कप क्रिकेट च्याम्पियन भएको छ । एकेडेमीले फाइनलमा नेपाल क्रिकेट स्कुल (एनसीएस) युनाइटेडलाई ४१ रनले हरायो । 

टस जितेको मकवानपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ८ रन बनायो । जवाफमा क्रिकेट स्कुल १५.५ ओभरमा ६७ रनमै समेटियो । मकवानपुरका शुभ कंसाकारले अलराउन्ड प्रदर्शन गरे । उनले ३१ रनका साथै ३ विकेट लिएका थिए ।

विजेताले ७५ हजार र उपविजेताले ३० हजार नगद पुरस्कार र ट्रफी जिते । प्लेयर अफ द टुर्नामेन्ट मकवानपुरका शंकर गजुरेल भए । उनले फाइनलमा ३ विकेट लिएका थिए । वेस्ट बलर पोखराका मेखबहादुर सेन र बेस्ट ब्याट्सम्यान क्रिकेट स्कुलका ऋत गौतम भए । प्रभावशाली खेलाडीमा जनम गोदार चुनिए । 

प्रकाशित: असार ४, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार