भिडियो

पशुपतिमा त्रिशूल जात्रा

- कान्तिपुर संवाददाता , काठमाडौं

असार ४, २०७४- पशुपति क्षेत्रमा शनिबार त्रिशूल जात्रा मनाइएको छ । जात्रा प्रत्येक वर्ष भलभल अष्टमीका दिनमा मनाइन्छ । जात्रामा मल्लराजा नरेन्द्रदेवको पालाका ५ भोटो प्रदर्शन गरिएको छ । पुजारी रवि कर्माचार्यका अनुसार ५ भोटोमध्ये एउटा बिग्रिएर नयाँ फेरिएको छ । 

सुरुमा वत्सलेश्वरी मन्दिर र वज्रघरबाट एक/एक बालकलाई कुमारका रूपमा त्रिशूलमा घोपेर बेग्लाबेग्लै खटमा राखी जय बागेश्वरी पुर्‍याइएको थियो । तान्त्रिक बन्धुदत्त आचाजुको छोराको शवयात्रा भनी मु: स्वाँ (एक प्रकारको फूल) को शव आकृति बनाएर नगर परिक्रमा गराइएको थियो । अन्त्यमा आर्यघाट पुर्‍याई जात्रा सम्पन्न गरिएको थियो । बन्धुदत्तको छोराको शवको प्रतीकलाई भने भष्मेश्वरी राजराजेश्वरीमा सेलाइएको थियो ।

अमालकोट कचहरी कार्यालयका द्वारे पूर्ण डंगोलले त्रिशूलमा राखिने बालक कर्मकाण्ड र राजस्वला नभएकी बालिका चाहिने बताए ।

प्रकाशित: असार ४, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार