भिडियो

राजविराजमा राजपाको मसाल जुलुस

- अवधेशकुमार झा, राजविराज

जेष्ठ २९, २०७४-संविधान संशोधन बिना स्थानिय तहको निर्वाचन हुन नदिने भन्दै आन्दोलन घोषणा गरेको राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताहरुले सोमवार सप्तरी सदरमुकाम राजविराजमा मसाल जुलुस प्रर्दशन गरेका छन् । 

स्थानिय शिव मिन्दर अगाडीबाट निस्केको राजपाको मसाल जुलुस राजविराजको बिभिन्न भागको परिक्रमा गर्दे जनआन्दोलन चौकमा पुगी कोणसभामा परिणत भएको थियो ।  मसालजुलुसमा राजपाका केन्द्रीय बरिष्ठ उपाध्यक्षद्वय मृगेन्द्रकुमार सिंह यादब र नवलकिसोर साह, महासचिव मनिषकुमार सुमन, सह महासचिव जयप्रकास ठाकुर, सचिव गजेन्द्र मण्डलसहित जिल्लामा उपलब्ध केन्द्रिय सदस्यहरु समेत सहभागी थिए ।

मसाल जुलुस पछि आयोजित कोणसभाका बक्ताहरुले संविधान संशोधन,जनसंख्याका आधारमा स्थानिय तह पुनर्संरचना लगायतको आफूहरुको माग पुरा नभए स्थानिय तहको दोश्रो चरणको निर्वाचनको सशक्त प्रतिकार गर्ने चेतावनी दिए । 

प्रकाशित: जेष्ठ २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार