अर्थ / वाणिज्य

अपर म्याग्दी १ निर्माण हुने

- कान्तिपुर संवाददाता , म्याग्दी

जेष्ठ २२, २०७४-धौलागिरि हिमालबाट बग्दै आएको म्याग्दी खोलामा ५३.३ मेगावाटको अपर म्याग्दी १ जलविद्युत् आयोजना निर्माण हुने भएको छ । विद्युत् उत्पादन गर्ने कम्पनी हिमालयन इन्फ्रास्टिच्युट फन्ड लिमिटेडले ‘रन अफ दि रिभर’ मा आधारित आयोजना भएको जनाइएको छ । 

धौलागिरि गाउँपालिका ३ को मुदी र म्याग्दी खोला दोभानबाट पानीलाई ५.६ किमि लामो टनेलबाट तल मराङखोला छेउमा झारेर विद्युत् उत्पादन हुनेछ । आयोजनाले शनिबार प्रभावित क्षेत्र धौलागिरि गाउँपालिका ३, ४ ६ र ७ र मालिका गापालाई समेट्ने गरी सार्वजनिक सुनुवाइ गरेको छ ।

‘आयोजनाले वातावरणीय प्रभाव मूल्यांकनका लागि काम थालेको छ । त्यसैले हामीले पनि आयोजना निर्माणमा अनुकूल हुने गरी संयोजन गरेका छौं,’ धौलागिरि गापा प्रमुख थमसरा पुनले भनिन्, ‘आयोजनाले पनि ऐनकानुन र सक्नेजति स्थानीयका जायज माग सम्बोधन गर्ने र स्थानीयले नाजायज र पटकपटक माग नराख्ने सहमति गरेका छौं ।’

जिल्लाको पश्चिमी भेगको भौगोलिक रूपमा सबैभन्दा ठूलो र दुर्गम धौलागिरि गापामा १० वटा आयोजनाले विद्युत् सर्वे लाइसेन्स लिएका छन् । अपर म्याग्दी र दरखोला आयोजनाले उत्पादन अनुमति पाइसकेका छन् । बाँकीका प्रक्रियामा छन् । आयोजनाले वातावरणीय प्रभाव मूल्यांकनको कामसँगै प्रवेशमार्ग पनि निर्माण गरिरहेको छ ।

प्रकाशित: जेष्ठ २२, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार