समाचार

कांग्रेस, माओवादी र राप्रपाको विरोधपछि भरतपुरमा मतगणना स्थगित

  • मतगणनामा तलमाथि गरिएको आरोप
- बिमल खतिवडा, भरतपुर

जेष्ठ ५, २०७४- मतगणनामा तलमाथि गरिएको आरोप लगाउँदै कांग्रेस, माओवादी केन्द्र र राप्रपाका कार्यकर्ताले मत गणनास्थल बाहिर नाराबाजी गरेपछि भरतपुरमा मतगणना स्थगित भएको छ ।

उनीहरुले सदर र बदर मतको संख्या सार्वजनिक नगरिएको, तथ्यांक सार्वजनिक गर्दा तलमाथि गरेको आरोप निर्वाचन अधिकृतमाथि लगाएका छन् ।

माओवादी कार्यकर्ताले ९ नम्बर वडाको सुरुवाती मत गन्दा रेणु दाहालले अग्रता लिएपनि पछि मत तलमाथि गरिएको आरोप लगाएका छन् । 

माओवादी कार्यकर्ताले अहिले मतगणना स्थलबाहिर नाराबाजी गरिरहेका छन् । आधा घण्टादेखि भरतपुरको मतगणना स्थगित भएको छ ।

प्रकाशित: जेष्ठ ५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार