स्थानीय निर्वाचन २०७४

गजुरी गाउँपालिकामा एमाले विजयी

- हरिहरसिंह राठौर, मलेखु (धादिङ)

जेष्ठ ५, २०७४-गजुरी गाउँपालिकमा नेकपा एमालेका दुवै पदका उम्मेदवारहरुले विजय हासिल गरेका छन् । माओवादी केन्द्रका गणेशलाल श्रेष्ठलाई उछिन्दै एमालेका बस्नेतले ४ हजार ३ सय ३६ मत प्राप्त गरेका छ । 

किटतम प्रतिद्वन्द्वी श्रेष्ठले ४ हजार ६ मत प्राप्त गरेका थिए । उपप्रमुख पदमा एमालेकै सीता ढुंगानाले ४ हजार २ सय १४ मत प्राप्त गरि विजयी भएकी छन् ।  उपप्रमुखपदकी प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी शर्मिला विसुरालले ३ हजार ६ सय ३५ मत प्राप्त गरेकी थिइन् । 

स्थानीय निर्वाचनमा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच चुनावी तालमेल भए पनि मतदाता सम्म जानकारी नहुँदा प्रमुख पद छाडेको कांग्रेसलाई रुख चिन्हमा ९ सय ९८ मत दिएका थिए । 

तालमेल अनुसार नेपाली कांग्रेसले मतदान गरेको भए विजयी हुने माओवादी केन्द्रले प्रतिक्रिया दिएको छ । तालमेल गरेको छिमेकी गाउँपालिका बेनीघाटमा पनि उम्मेदवार नभएको प्रमुख पदमा रुखमा २ सय ६८ र उपप्रमुख पद छोडेको हसिया हथौडामा ३ सय मत देखिएको थियो । 

धादिङका १३ वटा स्थानीय निकायहरु मध्य धुनीवबेंसी नगरपालिका लगायत १२ तहको मतपरिणम सार्वजनिक भइकेकोछ भने सदरमुकाम नीलकण्ठ नगरपालिकाको प्रमुख बजार क्षेत्र  वडानं ३ को मतगणना शुक्रबार रातभरमा सकिने जिल्ला निर्वाचन अधिकृत इश्वर सिंखडाले बताए । नीलकण्ठको हालसम्मको मतणनामा नेपाली कांग्रेसका उम्मेदवार भीमप्रसाद ढुंगानाले १० हजार ५ सय ४२ मत प्राप्त गरि एमालेका उम्मेदवार अर्जुन कुमार श्रेष्ठ दोव्वर मतले अगाडि छन् ।

जिल्लामा ८ वटा स्थानीय तहमा नेपका एमाले ८, नेपाली कांग्रेसले २ र  माओवादी केन्द्र तथा राप्रपाले एक एक वटा गाउँपालिका प्रमुखमा जितेका छन् ।

प्रकाशित: जेष्ठ ५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार