समाचार

सासु र जेठानीलाई हराउँदै नेपाली विजयी

- अनिश तिवारी, सिन्धुपाल्चोक

जेष्ठ ५, २०७४-त्रिपुरासुन्दरी गाउँपालिकाअन्तर्गत धुस्कुन ३ मा दलित सदस्य मानकुमारी नेपालीले आफ्नै सासु र जेठानीलाई हराएकी छन् । नेकपा एमालेबाट उम्मेदवारी दिएकी उनले दलित सदस्य पदमा दुवैलाई हराउँदै विजयी बनेकी हुन् ।

एकै घरबाट उम्मेदवारी दिएका मानकुमारी एमाले ,सानुमैयाँ कांग्रेस र राप्रपाबाट गीता चुनावमा उठेका थिए । 

विजयी बनेकी कान्छी बुहारी मानकुमारीले ६ सय ९७ मत ल्याएकी छन् । चुनावी प्रतिस्पर्धामा उनकी प्रतिद्वन्द्वी सासु सानुमैयाले ३ सय ६८ र जेठानीले गिताले एक सय ४१ मत प्राप्त गरेकी छन् ।  यो वडामा नेकपा एमालेका वडाध्यक्ष उम्मेदवार शुकदेव रिसालको प्यानल नै विजयी भएको हो ।

प्रकाशित: जेष्ठ ५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार