स्थानीय निर्वाचन २०७४

सुर्खेतको चौकुनेमा एमाले र भेरीगंगामा कांग्रेस विजयी

- प्रकाश अधिकारी, सुर्खेत

जेष्ठ ५, २०७४-पश्चिम सुर्खेतको चौकुने गाउँपालिमा एमाले उम्मेदवार विजयी भएका छन् । अध्यक्षका उम्मेदवार धीरबहादुर शाहीले ३ हजार २ सय ४२ तथा उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका खड्कबहादुर विकले २ हजार ७ सय ४५ मत प्राप्त गरे । 

उपाध्यक्षमा एमालेकै निर्मला रानाले ३ हजार ३ सय ५६ मत प्राप्त गरिन् । 

पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिकामा कांग्रेस उम्मेदवार विजयी भएका छन् । नगरप्रमुखमा कांग्रेसका भुपेन्द्रबहादुर चन्दले ७ हजार ५ सय ४३ तथा उनका प्रतिद्वन्द्वी एमालेका यज्ञ ढकालले ७ हजार ३ सय ४८ मत प्राप्त गरे । 

उपप्रमुखमा कांग्रेसकै रेणु आचार्य निर्वाचित भइन् । उनले ७ हजार ५ सय ७५ तथा उनका प्रतिद्वन्द्वी एमालेकी चन्द्रा आचार्यले ७ हजार २ सय ९७ मत प्राप्त गरिन् । १३ वडा रहेको भेरीगंगामा कांग्रेसले ८, एमालेले ४ र माओवादी केन्द्रले एक वडा जितेका छन् ।  

९ तह रहेको सुर्खेतमा वीरेन्द्रनगरबाहेक सबै गाउँ/नगरको मत परिणाम घोषणा भइसकेको छ । कांग्रेसले तीन नगर र दुई गाउँपालिका तथा एमालेले एक नगरपालिका र दुई गाउँपालिकामा विजय हासिल गरेका छन् । वीरेन्द्रनगरमा मेयर कांग्रेस तथा उपमेयर एमालेले अग्रता लिएका छन् । 

प्रकाशित: जेष्ठ ५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार