समाचार

काठमाडौं महानगरपालिकामा ३४६९८ मत गनिसक्दा बिद्यासुन्दरलाई ११ हजार ५ सय

- कान्तिपुर संवाददाता , काठमाडौं

जेष्ठ ५, २०७४- काठमाडौं महानगरपालिकाको शुक्रबार दिउँसो चार बजेसम्म ३४ हजार ६ सय ९८ मतगणना सकिएको छ । त्यसमध्ये मेयरमा  सबैभन्दा धेरै मत एमालेका विद्यसुन्दर शाक्यले ल्याएका छन् । उनले  एमाले ११ हजार ५ सय ५९ मत पाएका छन् । 

शाक्यको निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजुराज जोशीले ७ हजार ८ सय ६८ मत प्राप्त गरेका छन् । उनलाई पछ्याउँदै विवेकशील नेपाली दलबाट उम्मेदवार बनेकी रञ्जु दर्शनाले ४ हजार ५ सय २५ मत पाएकी छिन् । उनी महानगरको कान्छी उम्मेदवारको रुपमा पनि चर्चित थिइन् । 

चुनाव भन्दा केही अघि मात्र खुलेको साझा पार्टीको तर्फबाट उम्मेदवार दिएका पूर्व सचिव किशोर थापाले ३ हजार ५ सय ४६ मत पाएका छन् । माओवादी केन्द्रका उम्मेदवार सर्वोत्तम ड‌ंगोलले १ हजार ३ सय १० मत पाएका छन् । 
काठमाडौं महानगरको उपमेयरमा भने नेपाली कांग्रेसका हरिप्रभा खड्की श्रेष्ठले आग्रता लिइरहेकी छिन् । उनले १० हजार २ सय ७६ मत पाएका छन् । राप्रपाका राजराम श्रेष्ठले ६ हजार २सय ४६ र साझा पार्टीकी अनुपमा यादवले २ हजार १ सय ९५ मत पाएकी छिन् । त्यसैगरी माओवादी केन्द्रका  सुशीला पौडेलले हालसम्म १ हजार ७ सय ३० मा प्राप्त गरेकी छिन् । 

प्रकाशित: जेष्ठ ५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार