स्थानीय निर्वाचन २०७४

नागार्जुन र गोकर्णेश्वर नगरपालिकामा कांग्रेस विजयी

काठमाडौं

जेष्ठ ५, २०७४- नागार्जुन नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत विजयी भएका छन् । 

बस्नेतले छ हजार ९६१ मत प्राप्त गरी विजयी भएका निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी गराए । उनका प्रतिद्वन्द्वी नेकपा (एमाले)का कृष्णहरि खत्रीले छ हजार ७२६ मत प्राप्त गरे । 

यसैगरी उपप्रमुखमा एमालेका सुशीला अधिकारीले छ हजार ८७१ मत प्राप्त गरी विजय भइन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कल्याणी खड्काले छ हजार ७९१ मत प्राप्त गरिन् । 

वडा नं १० को वडाअध्यक्षमा कांग्रेसका सुन्दरबहादुर केसी विजय भए । नागार्जुनमा २६ हजार २४५ मतदाता रहेकामा २० हजार ८९७ मत खसेको थियो । 

यसैगरी गोकर्णेश्वर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेद्वार सन्तोष चालिसे निर्वाचित भएका छन् । 

आज दिउँसो सम्पन्न मतगणनाअनुसार कांग्रेसका चालिसेले नौ हजार नौ मत ल्याई विजयी भएका हुन् । उनका प्रतिद्धन्द्धी नेकपा (एमाले)का उम्मेद्वार पुण्यप्रसाद चौलागाइँले सात हजार ५९५ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत निर्मला सुवेदीले जानकारी दिए । 

यस्तै उपप्रमुखमा पनि कांग्रेसकै उम्मेद्वार शान्ति नेपाल निर्वाचित भइन् । 

नेपालले आठ हजार ५९८ मत प्राप्त गरी विजयी भएको हुन् भने नेकपा (एमाले)की उम्मेद्वार शान्ति श्रेष्ठले आठ हजार ६२ मत प्राप्त गरेकी सुवेदीले बताए । 

गोकर्णेश्वरमा कुल २१ हजार ८५९ मत खसेको थियो । रासस 

प्रकाशित: जेष्ठ ५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार