स्थानीय निर्वाचन २०७४

सुर्खेतको पञ्चपुरी नगरमा कांग्रेस विजयी

- प्रकाश अधिकारी, सुर्खेत

जेष्ठ ५, २०७४-पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाको प्रमुखमा कांग्रेसका उपेन्द्र थापा विजयी भएका छन् । थापाले ५ हजार १ सय ३४ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी एमालेका मनबहादुर विकले ४ हजार ७ सय ३२ मत प्राप्त गरे । 

उपप्रमुखमा कांग्रेसकै मुक्ति पुरी विजयी भएकी छिन् । उनले ५ हजार २ सय ४ मत प्राप्त गरिन् भने उनकी प्रतिद्वन्द्वी एमालेकी राजकुमारी तिवारीले ४ हजार ८ २४ मत प्राप्त गरिन् । 

११ वडा रहेको पञ्चपुरीमा ६ वटा वडा कांग्रेस र ५ वडामा एमालेले जितेको छ । नौ स्थानीय तह रहेको सुर्खेतमा कांग्रेसले हालसम्म दुई नगर र दुई गाउँपालिका तथा एमालेले एक नगरपालिका र एक गाउँपालिकामा विजय हासिल गरेको छ । वीरेन्द्रनगर र भेरीगंगा नगरपालिका र  चौकुने गाउँपालिकाको अन्तिम परिणाम आउन बाँकी छ । चौकुने र भेरीगंगामा एमाले तथा वीरेन्द्रनगरमा कांग्रेसको अग्रता कायमै छ ।

प्रकाशित: जेष्ठ ५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार