स्थानीय निर्वाचन २०७४

नुवाकोट शिवपुरी गाउँपालिकामा कांग्रेस

- कृष्ण थापा, नुवाकोट

जेष्ठ ५, २०७४-शिवपुरी गाउँपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । प्रमुखमा नेपाली कांग्रेसका रामकृष्ण थापाले ३ हजार ८ सय १८ मत ल्याई विजयी भए भने उनका प्रतिद्वन्द्वी एमालेका पदम उप्रेतीले ३ हजार ५ सय ३२ मत ल्याई पराजित भएका छन् ।  उपप्रमुखमा कांग्रेसका मञ्जु केसीले ३ हजार ६ सय ७६ लिई एमालेकी मंगलामाया प्रजापति थापालाई हराइन् । 

प्रतिव्दन्दी मंगलामाया प्रजापति थापाले ३ हजार ५ सय ७३ मत प्राप्त गरिन् । प्रमुख र उपप्रमुख सहित ६ वटा वडामा कांग्रेसको प्यानलै सहित जितेको छ । शिवपुरी ५ र ८ थानापतिमा एमालेको विजयी भएको छ । 

माओवादीका मीनबहादुर तामाङले २ हजार ४ सय १३ मत पाए भने उपप्रमुखमा सुशीला थापा थपलिया २ हजार २ सय ८६ मत पाइन् । शिवपुरीमा आठवटा वडा रहेकामा ६ वटा वडामा कांग्रेस र दुईवटा वडामा एमाले विजयी हुन सफल भएको छ । वडा १ मा कांग्रेसका महेन्द्रराज खत्री, वडा  २ मा कांग्रेसका रुद्रबहादुर गुरुङ, वडा ३ मा कांग्रेसकै रामहरि थापा, वडा ४ मा कांग्रेसकै झमकराज गुरुङ, वडा ५ मा एमालेका सीताराम थापा, वडा ६ मा कांग्रेसका लालबहादुर तामाङ, वडा ७ मा कांग्रेसका माधवप्रसाद भेटवाल र वडा ८ मा एमालेका पदमबहादुर थपलिया वडाध्यक्षमा पदमा निर्वाचित भएका छन् । 

जिल्लामा १० गाउँपालिका र २ नगरपालिका छन् । पञ्चकन्या र बेलकोटगढी मतगणना जारी छ । कांग्रेसले विजयी पाएका गाउँँपालिकाहरुमा किस्प्राङ, तादी, दुप्चेश्वर, लिखु, मेघाङ, सूर्यगढी, शिवपुरी गाउँपालिका सहित ७ वटा छन् । एमालेले जित सुनिश्ति गरेका नगर तथा गाउँपालिकामा विदुरनगरपालिका र तारकेश्वर गाउँपालिका छन् भने माओवादी केन्द्रले जित हासिल गरेका गाउँपालिकामा ककनी रहेको छ । 

प्रकाशित: जेष्ठ ५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार