समाचार

ट्याक्टर पल्टिँदा २ को मृत्यु

- -लालप्रसाद शर्मा, पोखरा

जेष्ठ ५, २०७४- बाटोमा छाप्ने ढुंगा बोकेर आएको ट्याक्टर पल्टिँदा शुक्रबार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृतकमा कास्की अन्नपूर्ण गाउँपालिका ४ भदौरेका १७ वर्षका अजय गुरुङ र ५० वर्षीय रामसिंग नेपाली रहेको प्रहरीले जनाएको छ । 

पर्वतको चित्रेबाट ढुंगा लिएर आएको ग१त ३६२३ नम्बरको ट्याक्टर भदौरेस्थित छन्द्री खोलामा दुर्घटनामा परेको थियो । सडकबाट करिब एकसय मिटर तल खसेको ट्याक्टर टुक्राटुक्रा परेको छ । ट्याक्टर कसले चलाएको थियो भन्ने यकिन भएको छैन । चालक भने फरार छन् ।
 
दुवै शवलाई पोस्टमार्टमका लागि पोखरास्थित क्षेत्रीय अस्पतालमा ल्याउँदै गरिएको वडा प्रहरी कार्यालय बगरका निरीक्षक किशोर लम्सालले बताए । 

प्रकाशित: जेष्ठ ५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार