समाचार

एमालेले स्वत:स्फूर्त रुपमा जितेको अध्यक्ष ओलीको दाबी

  • बनेपाको विजय सभामा सहभागी
- कान्तिपुर संवाददाता , काभ्रे

जेष्ठ ५, २०७४-पच्चीस वर्षे बिरासत तोड्दै बनेपामा एमाले विजय भएपछिको सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी ओली यहाँ आएका छन् । उनले शुभकामनाको हात हल्लाउन कार्यक्रममा सहभागी भएको बताए । 

उनले अरु पार्टीले सत्ता, शक्ति दुरुपयोग गरेर डर, धाक धम्कीका बीच पनि नेकपा एमालेलाई स्वत:स्फूर्त रुपमा जिताएको दाबी गरे । ‘प्रजातान्त्रिक प्रकृयामा सहभागी भयौं, जनताले जिताए,’ उनले भने, ‘अरुको जस्तो सत्ताको दुरुपयोग गरेनौं, कसैलाई धाकधम्की दिएनौं ।’

एमाले महासचिव इश्वर पोखरेलले जनताले पत्याएकाले अब काम गरेर जनताको मन जित्न आग्रह गरे ।

नगरप्रमुखमा लक्ष्मीनरसिंह बादे र उपप्रमुखमा रेखा सापकोटा दाहाल विजयी भएका थिए । 

प्रकाशित: जेष्ठ ५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार