समाचार

ललितपुरको मतगणना स्थगित

- कान्तिपुर संवाददाता , काठमाडौं

जेष्ठ ५, २०७४- ललितपुर महानगरपालिका वडा नं. १५ को महेन्द्र आदर्श विद्यालय केन्द्रको मुचुल्काभन्दा बढी मत भेटिएपछि मतगणना स्थगित भएको छ । 

मतगणनामा २६ मत बढी भेटिएपछि पुन: मतगणना भएको हो । पुन: मतगणना हुँदा पनि ५ मत बढी भएपछि एमालेले विरोध गरेको थियो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतपत्रको अधकट्टी रुजु गरेर मतगणना गर्ने जानकारी दिएको छ ।

यसैबीच ललितपुरकै महालक्ष्मी नगरपालिकाको मतगणना दुई दिनदेखि रोकिएको छ ।

वडा नं. ६ मा तीन मतले कांग्रेस विजयी भएपछि माओवादी केन्द्रले अबरोध गरेको हो ।

प्रकाशित: जेष्ठ ५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार