समाचार

पनौतीमा एमालेका भीम न्यौपाने विजयी

- नगेन्द्र अधिकारी, काभ्रे

जेष्ठ ५, २०७४- पनौती नगरपालिकामा नेकपा एमालेका उम्मेदवार प्रमुख तथा उपप्रमुख पदमा निर्वाचित भएका छन् । प्रमुखमा भीम न्यौपाने र उपप्रमुखमा गिता बञ्जारा विजयी भएका हुन् । 

न्यौपानेले  १२ हजार २ सय ५६ र बञ्जाराले १२ हजार ९९ मत प्राप्त गरेका थिए । निकटतम नेपाली कांग्रेसका उम्मेदवार विदुर बञ्जाराले ९ हजार १ सय ९० र अञ्जु रञ्जित केसीले ९ हजार १ सय २८  मत प्राप्त गरेकी थिइन् । प्रमुखमा माओवादी केन्द्रकी जमुना सापकोटाले १ हजार २ सय ३९ र उपप्रमुखमा जगन्नाथ गिरीले १ हजार ७ सय ९७ मत प्राप्त गरेका थिए । 

वडाध्यक्षमा भने नेकपा एमालेले नेपाली कांग्रेसले बराबरी जितेको छ । वडा नं १, २, ३, ४, ५ र १२ मा नेकपा एमाले र वडा नं ६, ७, ८, ९, १० र ११ मा नेपाली कांग्रेसका उम्मेदवार विजय भएका छन् ।

प्रकाशित: जेष्ठ ५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार