समाचार

कांग्रेस पोखरा लेखनाथ महानगर सभापतिद्वारा राजीनामा

- -लालप्रसाद शर्मा, पोखरा

जेष्ठ ५, २०७४-स्थानीय तहको निर्वाचनमा महानगरमा अपेक्षाकृत मत नआएको भन्दै काग्रेस पोखरा लेखनाथ महानगर समितिका सभापति बजिरमान श्रेष्ठले शुक्रबार राजीनामा दिएका छन् । निराशाजनक परिणामप्रति आफु पनि जिम्मेवार रहेको महशुससाथ राजीनामा गरेको उनले उल्लेख गरेका छन् । 

‘राजीनामा आक्रोशको परिणाम होइन,’ श्रेष्ठले राजीनामा पत्रमा लेखेका छन्, ‘कांग्रेसको सांगठनिक शुद्धीकरणका लागि मेरो लामो सहयात्रा र सांगठनिक इमान्दारिताको उचाईबाट निस्किएको आवाज हो भनेर बुझिदिनु हुन अनुरोध छ ।’ 

 

कांग्रेसका इमान्दार र कर्मठ सदस्यको सहयोगका वावाजुद पनि निराशानजक मत परिणामकालागि अधिकांश केन्द्रीय सदस्य, सांसद, जिल्ला कार्य समिति तथा क्षेत्रीय समितिका सभापतिलगायत जिम्मेवारीबाट संवेदनशील हुन उनले जनाएका छन । यसले सांगठनिक र सामाजिक नैतिकताको आधारमा पार्टीबिरुद्धको अन्तर्घात, गैरजिम्मेवारीपन र उदासिनताको जिम्मेवारी लिदै कांग्रेसलाई पुनर्निर्माण, पुनर्संरचना, पुनर्गठनका लागि मार्ग प्रशस्त गरिदिनका लागि उनले अनुरोध पनि गरेका छन् ।  

स्थानीय तहको निर्वाचनको अप्रत्यासित परिमाणले लोकतान्त्रिक मूल्य, मान्यता र संस्कारमा विश्वास राख्नेप्रति स्तब्ध बनाएको उनले राजीनामामा लेखेका छन । प्रेश विज्ञप्तिमार्फत आएको राजीनामामा उनले अप्रत्याशित परिणामकालागि लोकतन्त्र विरोधी शक्ति भन्दा पनि काग्रेसको क्षेत्र, जिल्ला र केन्द्रीय नेतृत्वमा बसेका लोकतन्त्रको हिमायती हौ भन्नेको उदासिनता, गैरजिम्मेवार र आत्मघाती व्यवहार बढी जिम्मेवार भएको महशुष सर्वत्र गरिएको उल्लेख गरेका छन । 

कास्कीका एक महानगर तथा ४ गाउँपालिका मध्ये ३ वटामा एमाले विजयी भएको छ । एउटामामात्रै कांग्रेस उम्मेदवारले जितेका छन । महानगरको मतगणना जारी छ । तर कांग्रेसका गढ मानिएका वडामा अपेक्षाकृत मत नआएपछि उनले राजीनामा दिएका हुन् । 

प्रकाशित: जेष्ठ ५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार