प्रवास

कतारस्थित नेपाली दूतावासद्वारा ध्यानाकर्षण

- कान्तिपुर संवाददाता , काठमाडौं

जेष्ठ ५, २०७४- कतारस्थित नेपाली दूतावासले अल बन्दरी इन्जिनियरीङ ट्रेडिङ एण्ड कन्ट्रक्टिङ कम्पनीले निर्माण गर्दै गरेको भवनमा दुर्घटना भइ ठूलो संख्यामा नेपाली कामदार हताहत भएको भन्ने हल्लाप्रति ध्यानाकर्षण जनाएको छ । 

निर्माण गर्दै गरेको भवनमा दुर्घटनामा तीन जनामा एक मात्रै नेपाली कामदारको मृत्यु भएको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । मृत्यु हुनेमा रुपन्देही चिनक मल्लाह र घाइते हुनेमा दाङका गंगाराम चौधरी रहेको छ । दूतावासले सामाजिक सञ्जाल एवं अनलाइन मिडियामा तथ्यहीन समाचार प्रेषित गरी सर्वसाधारणमा भ्रम सृजना नगर्न समेत सबैमा अनुरोध गरेको छ । 

 

प्रकाशित: जेष्ठ ५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार