स्थानीय निर्वाचन २०७४

सिन्धुलीको दुवै नगरपालिकामा एमालेको जित

- राजकुमार कार्की, सिन्धुली

जेष्ठ ५, २०७४-स्थानीय तहअन्तर्गत सिन्धुलीका दुईवटै नगरपालिका एमालेले हात पारेको छ । कमलामाई नगरपालिका र दुधौली नगरपालिकामा मेयर, उपमेयरसहित बहुमत वडाध्यक्षसहित एमाले विजयी बनेको हो । दुधौली नगरपालिकामा माओवादी उमेदवारसँग झिनो मतान्तरले एमालेले मेयर जितेको छ । दुधौली नगरपालिका मेयरमा एमालेका घनश्याम राउत ८५८९ मत प्राप्त गरी शुक्रबार निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका दिनेश अधिकारी दनुवारले ८२२३ मत प्राप्त गरे ।

त्यस्तै उपमेयरमा एमालेकै बालकुमारी अधिकारी दनुवारले ८७४० मत प्राप्त गरि विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका चेतनारायण धामीले ८२१४ मत प्राप्त गरे । कमलामाई नगरपालिकामा एमालेका मेयर खड्गबहादुर खत्रीले  १११५२ मत प्राप्त गरि निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उपेन्द्र पोखरेलले ८३८८ मत प्राप्त गरेका छन् ।  त्यस्तै उपमेयरमा एमालेकै मन्जु देवकोटाले ९९२१ मत प्राप्त गरेर विजयी भएकी छिन् । उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सुशीला थिङले ९५२३ मत प्राप्त गरिन् ।

प्रकाशित: जेष्ठ ५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार