अर्थ / वाणिज्य

हुन्डी कारोबारीबाट ५५ लाख बरामद

- कान्तिपुर संवाददाता , जनकपुर

जेष्ठ ५, २०७४- हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषाले बुधबार पक्राउ गरेका ५ व्यक्तिलाई बिहीबार सार्वजनिक गरेको छ । प्रहरीले उनीहरूबाट ५५ लाख रुपैयाँ, ल्यापटप तथा डायरीलगायतका सामान बरामद गरिएको जनाएको छ ।
धनुषाका नायब प्रहरी उपरीक्षक मनोजकुमार यादवका अनुसार जनकपुर उपमहानगर पालिकाको राष्ट्रिय वाणिज्य बैंक रहेको भवनको भुइँतलास्थित गल्लीबाट उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा रघुनाथपुर ४ का ३७ वर्षीय महादेव राउत, एकरहिया १ का २० वर्षीय अरुण दास, रघुनाथपुर ४ घर भई हाल क्षिरेश्वरनाथ नगरपालिकामा बस्दै आएका ३४ वर्षीय विष्णुदेव राउत, सवैला नगरपालिका २ का ४० वर्षीय विन्देश्वर राउत र रघुनाथपुर ४ का २० वर्षीय रोशनकुमार महरा छन् ।

प्रकाशित: जेष्ठ ५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार