समाचार

सुनकोसीमा माओवादी केन्द्र

- राजकुमार कार्की, सिन्धुली

जेष्ठ ५, २०७४-स्थानीय तह अन्तर्गत सिन्धुलीको सुनकोसी गाउपालिकामा माओवादी केन्द्रकी दीपा बोहोरा दाहाल, ३४३३ मत ल्याएर अध्यक्षमा निर्वाचित भएकी छिन् । प्रमुख पदमा जित्ने उनी एकमात्र महिला हुन् । उनको निकटतम प्रतिद्धन्दी कांग्रेसका कपिल कोइरालाले ३२१२ मत प्राप्त गरे । 

उपाध्यक्षमा माओवादी केन्द्रकै  दिर्बुसिंह मोक्तान ३४५४ मत प्राप्त गरि निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्धन्दी कांग्रेसकी शान्ता कार्कीले ३२६८ मत प्राप्त गरेका छिन् । यस अघि माओवादी केन्द्रले मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकामा विजय हासिल गरेको छ । 

७ गाउँपालिका मध्ये गोलन्जोर, घ्याङलेक र तीपाटन कांग्रेसले र फिक्कल गाउँपालिकामा एमालेले जित हासिल गरेको छ ।

प्रकाशित: जेष्ठ ५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार