अर्थ / वाणिज्य

एनआईसी एसियाको शाखा विस्तार

- कान्तिपुर संवाददाता , काठमाडौं

जेष्ठ ५, २०७४-एनआईसी एसिया बैंकले एकै दिनमा चार स्थानमा शाखा विस्तार गरेको छ । बैंकले मणिग्राम, नयाँ पुल कास्की, सालझन्डी र रुद्रपुरमा शाखा विस्तार गरेको जारी विज्ञप्तिमा उल्लेख छ । ग्राहकले छिटो र छरितो सेवा पाउन सकून् भन्ने उद्देश्यले शाखा विस्तार गरेको बैंकले जनाएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा थप शाखा खोल्ने तयारी गरिरहेको जनाएको छ । शाखा सञ्जाल, पुँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरूको आधारमा एनआईसी एसिया निजी क्षेत्रको अग्रणी बैंकहरूमध्ये एक रहेको दाबी बैंकले विज्ञप्तिमार्फत गरेको छ । 

प्रकाशित: जेष्ठ ५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार