स्थानीय निर्वाचन २०७४

कावासोती नगरपालिकामा एमालेकी चन्द्रकुमारी पुन विजयी

- नारायण शर्मा, नवलपरासी

जेष्ठ ५, २०७४- कावासोती नगरपालिकामा पहिले नै अपेक्षा गरिएझैं एमाले विजयी भएको छ । मेयरको बागडोर सम्हाल्ने जिम्मा एमालेकी ५७ वर्षिय चन्द्र कुमारी पुनको कांधमा परेको छ ।  

उपमेयरमा पनि एमाले कार्यकर्ता एवं पर्यटन व्यवसायि प्रेमशंकर मर्दनिया भारी मतले विजयी भएका छन् । मतगणना शुरुभएदेखि नै मर्दनिया फराकिलो अन्तरले अघि थिए । ६, ७  वटा वडा गणना सक्नासाथ उनले जित्ने अडकल शुरु भैसकेको थियो ।

पुनले १२४८५ मत ल्याएर विजयी भएकी छन् । उनका प्रतिस्पर्धि कांग्रेसका महेन्द्र पोखरेलले ११९७९ मा चित्त बुझाउन परेको छ । उता उपमेयर मर्दनियाले १३२२४ मत ल्याए भने र कांग्रेसकी खगिशरा गुरुंगको १११४० मत आएको छ । 

मतदाताले वडाको जिम्मेवारी पनि कांग्रेस एमालेलाई आधाआधा गरिदिएका छन् ।  माओवादी केन्द्रको प्रभाव रहेको वडा नम्बर १६ (डण्डा बजार) मा वडा अध्यक्षसहित ५ जना विजयी गराएर आफ्नो थलो सुरक्षित बनाउन सफल भएको छ । अन्यत्र कुनैपनि वडामा माओवादी छिर्न सकेन । 

मेयर, उपमेयरसहित ८ वटा वडा एमालेको जिम्मामा गएको छ । 

कांग्रेसले वडा नम्बर १ , ३ , ६, ७ , ८ , ११, १३ , १४  को जिम्मा पाएको छ ।  

 

प्रकाशित: जेष्ठ ५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार