स्थानीय निर्वाचन २०७४

माडी नगरपालिका मेयरमा माओवादी केन्द्र विजयी

- शिव पुरी, भरतपुर

जेष्ठ ५, २०७४- चितवनको माडी नगरपालिका मेयरमा माओबादी केन्द्रका ठाकुरप्रसाद ढकाल बिजयी भएका छन्  । उनले ३८७३ मत ल्याएर विजयी भएका हुन् । कांग्रेसका खेमप्रसाद महतोले ३८२९ मत ल्याए । ४४ मतको अन्तरले ढकाल विजयी भएको निर्वाचन अधिकृत ईन्द्रकुमारी थपलियाले जानकारी दिइन् ।  ।  

उपमेयरमा एमालेका ताराकुमारी काजीमहतो विजयी भएकी छन् । उनले ४६९० मत ल्याइन् । उपमेयरमा माओवादी केन्द्रकी सरिता महतोले ३८०४ मत मत ल्याएइन् । 

मतगणनाको सुरुदेखि अग्रस्थानमा रहेको एमालेका मेयर उम्मेदवार नारदमणि पौडेल अन्तिम नजितासम्म आइपुग्दा तेश्रो स्थानमा झरेका थिए । पौडेलको जित निश्चित भएको अनुमान गरिएको थियो । ९ वटा वडा रहेको माडीमा एमालेले ३, ६, ७, ८ र ९ नम्बर वटा वडा जितेको छ । माओबादी केन्द्रले २ र ४ नम्बर वडामा जितेको छ । काग्रेसले  १ नम्बर वडामा जितेको छ । यही वडाले एमाले पछि परेको हो । 

राप्रपाका पूर्व मन्त्री बिक्रम पाण्डेको निर्वाचन क्षेत्रमा उसको पार्टीले एक स्थान पनि ल्याउन सकेन ।  
२०६२ साल जेठ २३ मा चितवन माडीस्थित बाँदरमुडेमा माओवादीले थापेको एम्बुसमा एक यात्रुबाहक बस परेपछि माडी उपत्यका एकाएक चर्चामा आएको थियो ।

स्थानीय तह निर्वाचनमा बाँदरमुढे घटनाले माओवादीलाई घाटा लाग्ने अन्य दलको अनुमान फेल खाएको छ । जितसँगै ढकालले जनताको जीत भएको प्रतिक्रिया दिए । २१६७२ मतदाता रहेको यो नगरपालिकामा १६३७१ मत खसेको थियो । 

प्रकाशित: जेष्ठ ५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार