सूचना प्रविधि

एनटीसीको अफर

- कान्तिपुर संवाददाता , काठमाडौं

जेष्ठ ४, २०७४-टेलिफोन सेवा सुरु भएको सय वर्ष पूरा भएको अवसरमा विश्व दूरसञ्चार तथा सूचना समाज दिवसका दिन नेपाल टेलिकमले जीएसएम तथा सीडीएमए मोबाइलका ग्राहक लक्षित नयाँ अफर ल्याएको छ । यो अफर २०७४ साउन २८ गतेसम्म कायम रहने कम्पनीले जनाएको छ । 

अफर फोरजी डाटा प्याकेज जीएसएम सेवाका ग्राहकलाई उपलब्ध गराइएको छ भने अल टाइम डाटा प्याकेज र नाइट डाटा प्याकेज सीडीएमए सेवाका ग्राहकहरूलाई पनि लक्षित छ । 

फोरजी डाटा प्याकेजअन्तर्गत ५० रुपैयाँमा सात दिनसम्म उपभोग गर्न पाउने गरी २ सय एमबी डाटा उपलब्ध गराइएको छ । 

त्यसैगरी १ सय रुपैयाँमा १४ दिनसम्म उपभोग गर्न पाउने गरी ५ सय एमबी डाटा, २ सय रुपैयाँमा २८ दिनसम्म उपभोग गर्न पाउने गरी १२ सय एमबी डाटा, ३ सय रुपैयाँमा २८ दिनसम्म उपभोग गर्न पाउने गरी २ हजार एमबी डाटा र ५ सय रुपैयाँमा २८ दिनसम्म उपभोग गर्न पाउने गरी ३ हजार ६ सय एमबी डाटा उपलब्ध गराइएको छ । अल टाइम डेटा प्याकअन्तर्गत स्मल डेटा प्याक थप गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: जेष्ठ ४, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार