मनोरञ्जन

अनुले जितिन् एक्टिङ कम्पिटिसन

- कान्तिपुर संवाददाता , काठमाडौं

जेष्ठ ४, २०७४-अभियनको प्रतिस्पर्धात्मक रियालिटी टीभी सो नेसनल एक्टिङ कम्पिटिसनको उपाधि गुल्मीकी अनु थापाले जितेकी छन् ।

२४ वर्षीया थापाले मुलुकभरबाट सहभागी हजारौं प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधिसहित २ लाख ५० हजार रुपैयाँबराबरका गिफ्ट हयाम्पर जितिन् । साथै, आयोजकले अनुलाई फिल्म तथा विज्ञापन खेल्ने अवसर दिलाउनेछ ।

प्रतियोगितामा धनुषाका निश्चल कार्की दोस्रो र पाँचथरका उज्ज्वल अधिकारी तेस्रो भए । प्रतियोगितामा अभिनेता दयाहाङ राई, अभिनेत्री ऋचा शर्मा र निर्देशक अनुप बराल निर्णायक थिए ।  

प्रतिभावान् कलाकार जन्माउने उद्देश्यले सञ्चालित नेसनल एक्टिङ कम्पिटिसन आयोजना सुरु गरिएको आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए । निर्णायक अनुपसँगै (स्वर्गीय) विक्रम परियार, देव न्यौपाने, दिया मास्केलगायतले प्रतियोगीलाई अभिनयका विभिन्न प्रशिक्षणसमेत दिएका थिए ।

प्रकाशित: जेष्ठ ४, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार