खेलकुद

पुने आईपीएल फाइनलमा

- कान्तिपुर संवाददाता , काठमाडौं

जेष्ठ ३, २०७४-इन्डियन प्रिमियर लिग (आईपीएल)मा राइजिङ पुने सुपरजायन्ट्स फाइनल पुग्ने पहिलो दिन भएको छ । मंगलबार रातिको क्वालिफायर वानमा उसले मुम्बई इन्डियन्सलाई २० रनले हरायो । 

मुम्बईको वानखाडे स्टेडियममा पहिले ब्याटिङ गरेको पुनेले २० ओभरमा चार विकेट गुमाएर १ सय ६२ रन बनायो । त्यसमा मनोज तिवारीले ५८, अजिन्के रहानेले ५६ र महेन्द्रसिंह धोनीले ४० रनको योगदान दिए । जवाफमा मुम्बईले २० ओभरमा नौ विकेट गुमाएर १ सय ४२ रन मात्र बनाउन सक्यो । मुम्बईका लागि पार्थिव पटेलले ५२ रन बनाए । बुधबार इलिमिनेटरमा सनराइज हैदरावाद र कोलकाता नाइटराइडर्स भिड्दैछन् । 

प्रकाशित: जेष्ठ ३, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार