खेलकुद

म्यानचेस्टर सिटी च्याम्पियन्स लिग नजिक

- कान्तिपुर संवाददाता , काठमाडौं

जेष्ठ ३, २०७४-म्यानचेस्टर सिटीले मंगलबार राति इङलिस प्रिमियर लिगमा वेस्ट ब्रुमलाई ३–१ ले हरायो र युरोपेली च्याम्पियन्स लिग छनोटको नजिक पुग्यो । सिटीको जितमा ग्याब्रिएल जेसस, केभिन डे ब्रुन र याया टुरले गोल गरे । 

यो जितपछि सिटी फेरि लिग तालिकाको तेस्रो स्थानमा फर्केको छ । उसको ७५ अंक भएको छ र यो चौथोमो रहेको लिभरपुलमाथि दुई अंकको अग्रता हो । 

मंगलबारकै अर्को खेलमा आर्सनलले सन्डरल्यान्डलाई २–० ले हरायो । दुवै गोल एलेक्स सान्चेजले गरे । यस जितले आर्सनलको शीर्ष चारमा रहेर च्याम्पियन्स लिगमा छनोट खेल्ने सम्भावना जीवन्त रह्यो । 

प्रकाशित: जेष्ठ ३, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार