खेलकुद

पाकिस्तानलाई टेस्ट सिरिज

- कान्तिपुर संवाददाता , काठमाडौं

जेष्ठ १, २०७४- पाकिस्तानले आइतबार वेस्ट इन्डिज भूमिमा ऐतिहासिक टेस्ट सिरिज जितेको छ । पाकिस्तानले तेस्रो तथा निर्णायक टेस्ट १ सय १ रनले जितेपछि तीन टेस्टको सिरिज २–१ ले जितेको हो ।

क्यारेबिन भूमिमा पाकिस्तानले टस्ट सिरिज जितेको यो पहिलो पल्ट हो । तेस्रो टेस्टको अन्तिम दिन जितका लागि ३ सय ३ रन पछ्याइरहेको वेस्ट इन्डिज आफ्नो दोस्रो इनिङ्समा २ सय २ रन बनाएर अलआउट भएको हो ।

यसै टेस्टको समाप्तीमा पाकिस्तानका दुई खेलाडी कप्तान मिसबह उल हक र युनिस खानले पाकिस्तानका लागि खेल जीवनबाट सन्यास पनि लिएका छन् । 

प्रकाशित: जेष्ठ १, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार