स्वास्थ्य

नमोटाऊन् भन्न समयमै सुताऔँ

वैशाख ३०, २०७४- हालै गरिएको अनुसन्धानअनुसार नियमित रूपले समयमै सुत्ने, समयमै खाने र निश्चित समयमा मनोरञ्जन गर्ने प्रि–स्कुलका बालबालिकाको स्वास्थ्य राम्रो हुन्छ । उनीहरूमा मोटोपनाको सम्भावनासमेत कम हुन्छ । 

तीन वर्ष उमेर समूहका ३ हजार बालबालिकामा गरिएको यो अनुसन्धान ‘ओबिसिटी’ मा प्रकाशित छ । त्यसअन्तर्गत सहभागी बालबालिकाको दिनचर्याको मूल्यांकन गरियो । उनीहरूको सुत्न जाने, खाने र टीभी हेर्ने समयको समेत विश्लेषण गरियो । 

अनुसन्धानअनुसार, प्रि–स्कुलका बालबालिकाको दिनचर्या उनीहरूको राम्रो स्वास्थ्य विकाससँग जोडिएको हुन्छ । यसले बालबालिका मोटो हुने सम्भावनासमेत घटाउँछ । 

प्रकाशित: वैशाख ३०, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार